Thursday, November 19, 2015

नाकाबन्दीको विरोधमा बर्लिनमा भारतीय दूताबास अगाडि नेपालीहरूको प्रर्दशन


२०७२ मंसिर ४ गते ७:१५ मा प्रकाशित
berlin_demo_01
बर्लिन । भारतीय अघोषित नाकाबन्दीको विरोधमा जर्मनीमा बस्ने नेपाली समुदायले विरोध जनाएका छन् ।
अघोषित नाकावन्दीको विरोधमा नेपालीहरूले बर्लिनस्थित भारतीय दूतावास अगाडि प्रर्दशन गरेका हुन । गैह्रआवासीय नेपाली संघ जर्मनीको संयोजकत्वमा भएको विरोध कार्यक्रममा जर्मनीका विभिन्न शहरबाट सय भन्दाबढी नेपालीहरुले र केही जर्मन नागरिकले पनि सहभागीता जनाएका थिए ।
कार्यक्रममा गैह आवासीय नेपाली संघ जर्मनी र उपस्थितहरूले हस्ताक्षर गरेर भारतीय दूताबासमा विरोधपत्र समेत बुझाइएको छ । प्रर्दशनकारीहरुले मोदी स्टपइलिगल बल्केज इन नेपाल, नेइवर हेल्प नट हर्ट, मोदी इज अगेनिष्ट अफ ह्युमन राइट्स, जस्ता नारा लेखिएको लेखिएका प्लेकार्डहरु सहित प्रदर्शन गरेका थिए ।berlin_demo_03
प्रर्दशनकारीहरुले नेपाल माथिको अघोषित नाकावन्दी तत्काल फिर्ता गरिनुपर्ने र नेपाल र भारतबिच मित्रतापुर्ण सम्बन्ध कायम गरिनुपर्ने माग राख्दै नारावाजी गरेका थिए ।
विरोध कार्यक्रममा गैह आवासीय नेपाली संघका प्रमुख संरक्षक जिवा लामिछाने, संरक्षक दिल बहादुर गुरुङ, आइसिसीका उपाध्यक्ष कुमार पन्त, सल्लाहकार पुष्प थापा, नेपाली जनसम्पर्क समितीका सभापति विजय मोत्तान, विद्यार्थीका तर्फबाट विजय गिरी लगायतले विरोध मन्तव्य राखेका थिए । यस्तै विरोध सभामा ऐक्यवद्धता जाहेर गर्दैजर्मनहरुको तर्फबाट डा. मेल्मा मोरले बोलेकी थिइन् ।
berlin_dmeo_04

No comments:

Post a Comment