Sunday, November 22, 2015

फोटोमा हेर्नुस् कसरी बन्छ माटोबाट हिटर चुल्हो

22 Nov 2015

  • आइतबार ६ मंसिर, २०७२
  • काठमाडाैं-अघिपछि माटोबाट फूलका गमला बनाउने मध्यपुर ठिमी, दिगु टोलका काजीराम प्रजापतिलाई हिजोआज हिटर चुल्हाे बनाउन भ्याइनभ्याइ छ। भारतको नाकाबन्दी पछि ग्यास अभावले नेपाली नागरिकहरु वैकल्पिक चुल्होको खोजिमा रहेका बेला उनको हिटरले राम्रो बजार पाएको छ।
chakkama aakar didai
'यो बेला गमला बिक्दैन,' प्रजापति भन्छन् 'हिटर बजारमा जति पठाएपनि नपुग्दो छ।' ६० वर्षे प्रजापतिले नागरिकसँग भने 'स्वदेसकै सीप र माटोले बनेका उपकरण प्रयोग हुँदा देशकै लागि फाइदा हुने हो।' उनी सरकारले नेपालकै सीप,श्रम र उत्पादनको प्रयोग बढाउने नीतिमा जोड दिनु पर्ने बताउँछन्।

प्रजापतिको काममा उनकी श्रीमती तुइलमायाले सघाउँदै आएकी छिन्। एक हजार र पन्ध्रसय वाटका हिटरहरु धमाधम तयार हुन्छन् र धुम्बारहीमा रहेका छोराको पसलबाट बिक्री हुन्छन्। प्रजापति परिवार बिहानैदेखि हिलो पिन्दै चक्का घुमाइरहेका हुन्छन्। माटोलाई आकार दिएर तयार हुने हिटर पारिलो घाममा सुकाउँछन्। शुक्रबार उनको कारखानामा पुग्दा मध्य दिउँसोसम्म उनले ५० ओटा हिटरलाई आकार दिइसकेका थिए।

काजीराम मात्र होइन दिगुटोलका प्रायः सबै प्रजापतिहरुलाई हिटर बनाउन भ्यान नभ्याइ छ। यसअघि यहाँ गमला र अन्य माटाका भाँडा बन्थे तर हिटर बन्दैनथे। तर अहिले अरु बनाउन छाडेर हिटरमै सबैको जोड छ।

रामदत्त प्रजापतिको परिवार पनि यतिबेला हिटर बनाउनमै व्यस्त छ। उनकै कारखानामा हजारौं हिटर बनिसेका छन्। २५ वर्षदेखि माटाका भाँडाकँुडा बनाउँदै आएका उनले यसअघि हिटरको यतिधेरै माग नभएको बताए। उनले भने, 'पहिले ग्याँसले हिटरको बजार घटायो, अहिले ग्याँस नहुँदा यसैको माग छ।' नाकाबन्दी अघि चार–पाँचसय बजारभाउ रहेको हिटर अहिले वाटअनुसार छसय देखि हजार रुपैयासम्ममा बिक्री हुने गरेको छ।

एउटा हिटर पूर्ण रुपमा तयार हुन कम्तिमा एक हप्ताको समय लाग्छ। माटोलाई पिन्ने, आकार निकालेर घाममा सुकाउने, रंग हाल्ने र पोलेर तयार गरेपछि मात्र हिटरले पूर्ण रुप पाउँछ। त्यसमा पिन र क्वाइल पनि राख्नुपर्छ। कसरी बन्दोरहेछ त दिगुटोलमा हिटर ? तस्बिरमा हेरौंः
chakkama aakar didai 1
chakkama aakar didai 2
ghamma sukauna rakhiyeka chakka
hitarlai aakar didai
hitar banaudai
hitar paralma poldai
hitar paralma poldai 1
mato pindai
namisakeka hitar
polna lagidai 1
polna tayar gardai
rang haldai
sukauna rakhiyeka hitarharu 1

No comments:

Post a Comment