Thursday, November 19, 2015

२२४ जना चढेको विमान अाइएसले खसालेको रुसद्वारा स्वीकार





२२४ जना चढेको विमान अाइएसले खसालेको रुसद्वारा स्वीकार
मस्को— रुसी एयरलाइन्सको यात्रुबाहक जहाज आइएसले खसालेको रुसले स्वीकारेको छ। इजिप्टको सिनाई टापुमा रुसी एयरलाइन्सको विमान खस्दा चालक दल र यात्रु गरी २२४ जनाको मृत्यु भएको थियो। आइएसले आफूले सो जहाज खसालेको दाबी गरेको थियो।
रुसका सुरक्षा प्रमुखले राष्ट्रपति भ्लादिमिर पुटिनलाई ब्रिफिङ गर्दै सो बिमान आइएसले खसालेको उल्लेख गरेका हुन्। यसअघिसम्म रुसको आधिकारिक धारणा सार्वजनिक भएको थिएन।

सुरक्षा नियोग एफसीबीका प्रमख एलेक्जेडर बोर्तिनोकोभले जहाजलाई एक केजी विस्फोटक पदार्थको बमले विस्फोट गराइएको जनाएका छन्। विमान दुर्घटना भएको स्थानमा बमका अवशेष भेटिएका थिए। पुटिनले यस घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गर्ने संकल्प गरेका छन्।

रूसी एयरलाइन्सको एयरबस–३२१ विमान कार्तिक १४ गते इजिप्टको प्रख्यात पर्यटकीय क्षेत्र रेड सी रिसोर्टको सार्म अल सेखबाट सेन्ट पिटसबर्गका लागि उडेको थियो। सिनाई टापुको पहाडी क्षेत्रमा अइएसले खसालेको थियो।

रसियाको सेन्ट पिटसबर्गका लागि उडेको सो जहाज उडेको २३ मिनेटपछि सम्पर्क विच्छेद भएको थियो। विमानमा चालक दलका ७ सदस्य र २१७ जना यात्रु थिए। सिनाई प्रान्त पछिल्लो समयमा द्वन्द्वग्रस्त प्रान्त हो। मृतकमध्ये २४ बालबालिका थिए।

No comments:

Post a Comment