Thursday, November 19, 2015

लेबनानमा शक्तिशाली बम विस्फोट, ४३ को मृत्यु


  • लेबनानमा शक्तिशाली बम विस्फोट, ४३ को मृत्यु
बेरुत—शुक्रबार भएको बम हमलामा परी कम्तिमा पनि ४३ जनाको ज्यान गएको छ। सो आक्रमणमा परी थप करिब २४० जना घाइते भएका छन्। शक्तिशाली दुइ बम एकै पटक विस्फोट गराइएको थियो।

उक्त हमलाको जिम्मेवारी मुस्लिम जिहादीहरुको समूह आइएसले लिएको छ। बुर्ज अल बारिजा नगरमा रहेको एक व्यस्त बजारमा सो विस्फोट भएको थियो। बम विस्फोटमा परी घाइतेभएका मध्ये अधिकांशको अवस्था अत्यन्त गम्भीर छ । रेडक्रसले अस्पताल भर्ना भएकामध्ये कैयौँको अवस्था नाजुक रहेको जनाएको हो।

सिया मुस्लिम समुदायका नागरिकको बाहुल्यता रहेको भनिएको सो घटनाको जिम्मेवारी आइएसले लिएको हो। यस बारेमा सरकारले केही बताएको छैन।
lebanon-bomb-carry 2373979k
लेबनानमा भएको हमलाको जिम्मेवारी पहिलो पटक आइएसले लिएको हो। यसअघि लेबनानमा आइएसको प्रभाव रहेको बारेमा कुनै चर्चासम्म हुने गरेको थिएन। यति ठूलो सङ्ख्यामा नागरिक हताहति भएको लेबनानमा सरकारले शुक्रबारलाई शोकको घोषणा गरेको छ। रासस/एएफपी
VIDEO LEBANON BLAST 496918a

No comments:

Post a Comment