टोकियो–जहाज निर्माण उद्योगमा संलग्न हुन जुर्मुराइरहेको जापान ५० वर्ष पुरानो अधुरो सपना सफल भएको छ। जापानले १०० सिटे पहिलो व्यापारिक जहाज निर्माण गरी सफल परीक्षण गरेको हो। मित्सुबिसी रिजनल जेट (एमआरजे) परीक्षण उडानका क्रममा नागोया विमानस्थलबाट एक घन्टासम्म उडेको थियो। १०० सिटे सो जहाज निर्धारित समयभन्दा ३ वर्ष ढिलो तयार भएको हो।
दोस्रो विश्वयुद्धकालीन जेरो फाइटरको निर्माण मित्सुबिसी हेभी इन्डिस्ट्रिजले निर्माण गरेको सो जहाजले क्यानडाको बम्ब्राडियर इन्क साना जहाजको बजारमा प्रतिस्पर्धा गर्ने विश्वास लिइएको छ।
एमआरजे पहिलो पटक ५० वर्षअघि ६४ सिटे वाइएस–११ बाट जहाज उत्पादनमा पाइला राखेको थियो। १८२ वटा जहाज निर्माण गरेपछि सो प्लान्ट मित्सुबिसीले बन्द गरेको थियो।
एमआरजे पहिलो पटक ५० वर्षअघि ६४ सिटे वाइएस–११ बाट जहाज उत्पादनमा पाइला राखेको थियो। १८२ वटा जहाज निर्माण गरेपछि सो प्लान्ट मित्सुबिसीले बन्द गरेको थियो।
जापानी कम्पनीले पहिलै बुक भएअनुसार २०१७ को जुन महिनादेखि खरिदकर्तालाई जहाज दिन सुरु गर्नेछ। यो मोडलको जहाज प्रतिस्पर्धात्मक बजारमा २ हजार वटा बिक्री गर्ने लक्ष्य मित्सुबिसीले लिएको छ।
जापान एयरलाइन्सले बुक गरेको ३२ वटा सहित २२३ वटा जहाजको अर्डर बुक भइसकेको कम्पनीले जनाएको छ। सबैभन्दा बढी १०० जहाजको अर्डर अमेरिकाको आन्तरिक वायुसेवा ट्रान्स स्टेट होल्डिङ्सले गरेको छ। जहाज निर्माणमा अमेरिकी विमान निर्माता बोइङको प्राविधिक सहयोग रहेका कारण अमेरिकामा यो जहाजले सजिले बजार पाउने जापानी कम्पनीको विश्वास छ।
जापानका ठूला कार निर्माताहरु टोयटा मोटर कर्प तथा मित्सुबिसी कर्पको जहाज निर्माण प्लान्टमा १०–१० प्रतिशत सेयर हिस्सा रहेको छ।
भिडियाे
No comments:
Post a Comment