Thursday, November 19, 2015

लिबियामा आइएस प्रमुख मारिए




लिबियामा आइएस प्रमुख मारिए
न्युयोर्क— अमेरिकी रक्षा मन्त्रालयले लिबियाको हवाइ हमालामा आतंककारी संगठन इस्लामिक स्टेटका प्रमुख नेता अबु नबील मारिएको दाबी गरेको छ। इराकका बासिन्दा उनी लामो समयदेखि अलकायदाको आतंककारी गतिविधिसँग आवद्ध रहँदै लिबियामा इस्लामिक स्टेटको बरिष्ठ नेता बन्न पुगेका थिए।
शुक्रबार रातिको हवाई हमालामा उनको मृत्यु भएको पेन्टागनले जनाएको छ। पछिल्लो समय अमेरिकी कारवाही इस्लामिक स्टेटका नेता जहाँ भए पनि खोजी गर्ने अभियान अन्तर्गत सो कारवाही भएको थियो।

पेन्टागन प्रवक्ता पीटर कुकका अनुसार यो कारवाही शुक्रबार पेरिसमा भएको आतंकवादी आक्रमण अगाडि नै स्वीकृत भइसकेको थियो। पेरिस आक्रमण अगाडि नै नबीलको मृत्यु भइसकेको उनले बताए।

'नबीलको मृत्युले लिबियामा इस्लामिक स्टेटको गतिविधिमा धेरै हदसम्म प्रभावित हुनेछ। यसले नयाँ भर्ती रोक्न सघाउ पु¥याउनेछ', कुकले भने।

२०१५ को फेब्रुअरीमा क्रिश्चियनहरुलाई टाउको काट्नेसम्बन्धी एउटा भिडियोका अनुसार नबील त्यहीबेला आइएसका प्रवक्ता भइसकेका थिए।

लिबियामा चार वर्ष पहलिे गद्धाफीको पतनसँगै राजनीतिक स्थिति स्थिर हुन सकिरहेको छैन। पछिल्लो समय आइएसको विस्तारले अमेरिका सहित पश्चिमा देशहरुलाई चिन्ता बढाइदिएको छ।

No comments:

Post a Comment