Thursday, November 19, 2015

पेरिस हमला: मोवाइलले बचायो ज्यान



पेरिस हमला: मोवाइलले बचायो ज्यान
पेरिस- फ्रान्सको राजधानी पेरिसमा शुक्रबार भएको आतंकवादी हमलामा केही मानिस बल्लबल्ल आफ्नो ज्यान जोगाउन सफल भए। भिन्नाभिन्नै ६ स्थानमा एकै पटक भएका बन्दूकधारीहरूका हमलामा मर्नेहरूको संख्या १ सय २५ भन्दा बढी पुगिसकेको छ।
सबैभन्दा ठूलो हमला बेटाक्लाँ कन्सर्टमा भएको थियो। चार आक्रमणकारीले हमला गर्दा त्यहाँ करिब ८० मानिस मारिए।

फ्रेन्च भाषाको टेलिभिजन आइटेलीले स्टेट दी फ्रान्सको बाहिर भएको हमलाको समयमा त्यहीँ भएका एक व्यक्तिसँग अन्तर्वाता गरेको छ।

सिलवेस्टर नाम गरेका ती व्यक्तिले आफ्नो मोवाइल फोनले ज्यान बचाएको बताएका छन्। फोनले उनलाई बमको टुक्राले घाइते हुनबाट बचाएको उल्लेख गरे। छालाको ज्याकेट लगाएका उनलाई त्यसले समेत 'कभर' दिएको बताए। यो हमलामा सुरक्षित भएकाहरुलाई काउन्सिलिङको लागि एक विशेष केन्द्रमा लगिएको छ। काउन्सिलिङपछि केहि मानिस घर फर्कि सकेका छन्।

बेटाक्लाँ कन्सर्ट हलमा कार्यक्रम प्रस्तुत गर्न लागेको सांगीतिक समूह द इगल अफ डेथ मेटल व्याण्ड हमलाबाट बचेको छ।

No comments:

Post a Comment