- बुधबार २ मंसिर, २०७२
काठमाडौं-राम दुलारीले धनलक्ष्मी श्रेष्ठको निधारमा सिन्दूर दलिन् । धनलक्ष्मीले राम दुलारीलाई नरिवल, केरा र ठेकुवासहितको नाङ्लो थमाइन् । गुह्येश्वरीस्थित गौरीघाटमा जोरपाटीकी धनलक्ष्मीले जनकपुरबाट आएकी छिमेकी रामदुलारी साहसँगै अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइन् ।
उनीहरु किनारमा उक्लेलगत्तै धनलक्ष्मीकी छोरी आयुसा श्रेष्ठ र रामदुलारीकी छोरी मनीषा साह नदीमा ओर्लिए । उनीहरु दुवैले सँगै धुप बाले । सूर्यलाई अर्घ दिए । प्रसाद चढाए र सेल्फी खिचे । सूर्यास्तको समयमा पहाडी र मधेसी समुदायका आमाहरुको मिलनसँगै नदी किनारमै सद्भावका दुई कोपिला झुल्किए ।
'आमाहरु मात्र हैन हामी पनि निक्कै मिल्छौँ,' आयुसाले सुनाइन्, 'सँगै पढ्छौँ, सँगै खेल्छौँ ।' रामदुलारीको परिवार कामको सिलसिलामा एक दशक अगाडि नै जनकपुरबाट जोरपाटी आएको हो भने धनलक्ष्मीको परिवार हेटौंडाबाट । उनीहरुको मित्रता घरछिमेकमा पनि उत्तिकै परिचित छ ।
'भूकम्पको समयमा पनि हामीहरु एकै ठाउँमा मिलेर बस्यौँ,' धनलक्ष्मीले भनिन्, 'अहिले छठ पर्व पनि सँगै मनाउँदैछौँ ।' रामदुलारीले पर्व मनाउन निम्ता गरेसँगै आफूहरु पनि यो पर्वमा सहभागी भएको उनले सुनाइन् । 'हामीले ठेकुवा पनि सँगै पकायौं,' उनले थपिन्, 'राति नदी किनारमै बस्ने योजना बनाएका छौँ ।'
उनीहरुको परिवार मात्र हैन, गुह्येश्वरीस्थित बागमती किनारमा थुप्रै पहाडी र मधेसी समुदायले मिलेर छठ पर्व मनाए । आयोजक समितिका सदस्य धीरेन्द्र रौनियारका अनुसार ५ सय ९२ वटा पूजा गर्ने ठाउँमध्ये ४० प्रतिशतमा पहाडी समुदाय रहेको सुनाए । 'हरेक वर्ष पहाडी समुदायको सहभागिता बढ्दो छ,' उनले भने, 'छठ पर्वको उज्यालोले दुवै समुदायको अनुहार चम्केको छ ।'
परिवारमा सुखशान्ति र समृद्धिका लागि मनाइँदै आएको छठ पर्व पछिल्लो समय धार्मिक सद्भावको पर्व बन्न थालेको छ । एक दसक अघिसम्म हिन्दु धर्मावलम्बी तराई समुदायमा सीमित यो पर्व पछिल्लो समय पहाडी समुदायसँगै अन्य धर्मावलम्बीको समेत आकर्षण बढेको उनले सुनाए । 'यहाँ हिन्दू धर्मालम्बीसँगै केही मुस्लिम धर्मालम्बीले पनि सहभागिता जनाएका छन्,' उनले थपे, 'यो पर्व जातीय र धार्मिक सद्भावको संगम बनेको छ ।'
बारा बरेवाका विदुर भट्टराई पनि सपरिवार छठ पर्व मनाउन यहाँ आएका थिए । एक दशक अघिसम्म बरेवाको पोखरीमा छठ मनाउँदै आएका उनी काठमाडौँ आएसँगै यहीँ मनाउन थालेको सुनाउँछन् । 'उता बस्दा पनि हामी पहाडी–मधेसीसँगै मिलेर मनाउँथ्यौँ,' उनले भने, 'अहिले यहाँ पनि दुवै समुदाय सँगसँगै छौँ ।' छठ पर्वले फरक समुदायका मानिसलाई जोड्ने उनको विश्वास छ ।
छठ पर्व हेर्न आएका सर्वसाधरण पनि निक्कै रमाए । किनारमा सबै समुदायका मानिस मिलेर पर्व मनाएको देख्दा उनीहरु खुसी भए । 'गीत–संगीत, पूजापाठ र मिलेका मान्छे देख्न पाउदा निक्कै खुसी लाग्यो,' दैलेखबाट आएका विनोद रेग्मीले भने, 'यहाँको माहोल देखेर भित्रैदेखि मन खुसी भएको छ ।'
यसैबीच अस्ताउँदो सूर्यलाई अर्घ दिँदै उपत्यकाका विभिन्न ठाउँमा छठ पर्व मनाइएको छ । आठ दसकअघि कालिमाटी टंकेश्वरको विष्णुमति नदीबाट सीमित व्यक्तिहरुले काठमाडौंमा सुरु गरेको छठ पूजा काठमाडौं उपत्यकाका २० भन्दा बढी स्थानमा फैलिएको छ । कालिमाटी, रानीपोखरी, कुपन्डोल, थापाथली, गौरीघाट, बल्खु, बानेश्वरको बागमती पुल, गुह्वेश्वरी, कमलपोखरी, नागपोखरी लगायतका स्थानमा ब्रतालुहरुले मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाए । बुधबार बिहान उदाउँदो सूर्यलाई पूजा गरेसँगै छठ पर्व सम्पन्न हुनेछ ।

EmoticonEmoticon