सप्तरीमा प्रहरीको गोली लागी २ प्रदर्शनकारीको मृत्यु, एसपीकाे गाडीमा अागजनी

सप्तरीको भारदह र रुपनीमा गए राती भएको झडपमा २ प्रदर्शनकारीको मृत्यु भएपछि आक्रोशित भएका प्रदर्शनकारीले राजविराज बजार क्षेत्र मै जिल्ला प्रहरी प्रमुख एसपी भिम ढकाल चढेको ना१झ १३१६ गाडीमा आगजनि गरेका छन् । यस्तै रुपनी मोडमा रहेको प्रहरी बिट पनि जलाउनुका साथै राजमार्गको बरमझियास्थित सुन्दरी खोलाको पुल आधा भत्काइदिएका छन् ।

राजविराजस्थित आन्दोलन चौकमा बालिएको टायर । तस्विर : जितेन्द्र खडगा/कान्तिपुर
जिल्ला प्रहरी प्रमुखको गाडीमा आगजनि गरी भागेका प्रदर्शनकारी गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा लुकेको सूचनाको आधारमा थप बल सहित आएको प्रहरीले अस्पताल हातामा प्रवेश गरी जथाभावी लाठी चार्ज गरेको अस्पतालका असिस्टेन्ट मेडिकल सुपरिटेन्डेन्ट टेकनारायण मण्डलले बताए । उनको अनुसार प्रहरीको लाठी प्रहार तथा कुटपिटका कारण अस्पतालका ल्याब टेक्निसियन विश्वनाथ मण्डल लगायत अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट र अहेवहरु घाइते भएका छन् । यस्तै केही बिरामीका कुरुवा पनि घाइते भएका छन् ।


यस्तै आक्रोसित प्रदर्शकारीले सुन्दरी खोलाको पुललाई आधीभन्दा बढी भत्काइदिएका छन् । पुल भत्काउन थालेपछि थप दलबल सहित पुगेको प्रहरीले लाठी चार्ज गर्न थालेपछि त्यहाँ भएको झडपमा आधा दर्ज प्रदर्शनकारी घाइते भएका छन् । अब उक्त पुलबाट एकतर्फी रुपमा मात्र गाडी चलाउन मिल्ने भएको छ ।

मोर्चा कार्यकर्ताले राजविराजमा अागजनफ गरेकाे जिल्ला प्रहरी प्रमुखकाे भ्यान।  तस्बिर : जितेन्द्र खडगा/कान्तिपुर
...
सप्तरी प्रहरीको गोली लागि दुई आन्दोलनकारीको मृत्यु भएको छ । यस्तै १७ प्रदर्शनकारी र २५ प्रहरी झडपमा परी घाइते भएका छन् । घाइते मध्ये ५ प्रदर्शनकारी र २ प्रहरीकाे स्थिति गम्भिर रहेकाे छ ।

शनिबार अबेर राति प्रहरीले एर्स्किङ गरी गाडी चलाउनका लागि धर्नामा बसेका प्रदर्शनकारीलाई भारदह र रुपनी क्षेत्रबाट हटाउन खोज्दा दोहोर भिडन्त भएको थियो । अत्याधिक संख्यामा रेहका मोर्चाका कार्यकर्ताले प्रहरी माथि अन्धकारमा अन्धाधुन्द ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख भिम ढकाल बताएका छन् ।

स्थानिय प्रशासनले साँझ ७ बजेदेखि बिहान ९ बजेसम्म राजमार्ग क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । सप्तरी प्रहरी प्रमुख ढाकालका अनुसार पटकपटक माइकिङ गरेर प्रदर्शनकारीलाई हटाउने प्रयास गरिएको थियो । लगभग २५ सयको संख्यामा रहेका प्रदर्शनकारीहरु हट्ने कुनै संकेत नपाएपछि प्रहरीले सामान्य बल प्रयोग गरि राजमार्ग खुलाउन खोजेको थियो । 

‘लाठि, मुग्रा बोकेरा आएका माथि हामीले सामान्य बल प्रयोग गरेपछि प्रदर्शनकारीबाटै भारदह क्षेत्रमा अन्धकारमा गोली फायर हुन थाल्यो । त्यसपछि हामीले पनि हवाई फायर र अश्रुग्यास प्रहार गर्न थालेका थियौं,’ उनले भने, ‘त्यहाँ भएको घटना क्रश फायरमा परि भएको हो । हाम्रो तर्फ पनि २५ जना घाइते छन् । २ जनाको स्थिति गम्भिर छ ।’

उनको अनुसार प्रहरीको गोली लागि भारदह क्षेत्रमा गाढा–९ का वीरेन्द्र राम र रुपनी क्षेत्रमा जमुनी मध्यपुरा–७ का नागेश्वर यादवको मृत्यु भएको छ । झडपमा परि घाइते भएका २० भन्दा बढीलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।
रातिको समयमा भएको गोली प्रहारले बढी मानिस हाताहती भएको हुन सकने दाबी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्रप्रसाद साहले गरेका छन् । उनकाे प्रहरीले २ सय राउन्ड बढी गाेली चलाएकाे दाबि छ । यस्तै भारदहमै प्रहरीको गोली लागेर ढलेका दुई जनाको शव इलाका प्रहरी कार्यालय भारदहको भ्यानमा सुरक्षाकर्मीले लगेको प्रदर्शनकारीहरुले दाबि गरेका छन् । यसबारे भने प्रहरीले कुनै प्रतिक्रिया दिएकाे छैन ।
उक्त घटनापछि स्थानिय प्रशासनले भारदह, रुपनी र राजविराज बजार क्षेत्रमा बिहान ६ बजेबाट लागु हुने गरि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ ।

कर्फ्युको उल्लंघन गर्दै अहिले पनि भारदह क्षेत्रमा प्रदर्शन भइरहेको छ । यसैबीच आक्रोशित प्रदर्शनकारीहरुले आज बिहान रुपनीमा स.४प. ५३११ नम्बरको मोटरसाईकलमा आगजनी गरिदिएका छन् ।


Previous
Next Post »