प्यारिस हमलाः मुख्य संदिग्धको स्थिति ‘अज्ञात’


  • 19 नोभेम्बर 2015
शेयर गर्नुहोस्
Image copyrightAFP
Image captionअभियोजनकर्ता फ्रांस्वा मोलान्सले पछिल्लो कारवाहीले नयाँ आक्रमणको योजना तुहाएको बताएका छन्।
फ्रान्सका अभियोजनकर्ताले प्यारिसमा शुक्रबार हमला गराउने संदिग्ध योजनाकारको अवस्था अज्ञात रहेको बताएका छन्।
आक्रमणसँग जोडिएको एउटा भवनमा प्रहरीले गरेको कारवाही सकिएपछि अभियोजनकर्ताको पछिल्लो भनाई सावजनिक भएको हो।
फ्रान्सका प्रमुख अभियोजनकर्ता फ्रांस्वा मोलान्सले सेन्ट डेनिसमा प्रहरीले गरेको कारवाहीका क्रममा पक्राउ परेका आठ जनामा अब्देल हामिद अबाउद नभएको पत्रकारहरुलाई बताए।
यद्यपि कारवाही गरिएको भवनमा भेटिएको मानव अवशेषको पहिचान गर्न बाँकी रहेको उनले बताए।
क्षतिग्रस्त
उक्त कारवाहीका क्रममा एकजना महिलाले आफैलाई विष्फोट गराएकी थिइन् भने अर्का संदिग्ध मारिएका थिए।
फ्रान्सका आन्तरिक मामिलासम्बन्धी मन्त्रीले भनेका छन्, भवन यति नराम्ररी क्षतिग्रस्त भएको छ कि त्यसभित्र तेस्रो व्यक्तिको शव रहे वा नरहेको स्पष्ट हुन सकेको छैन्।
अबाउदले प्यारिसमा गरिएका बन्दुक र बम हमलाको योजना बनाएको ठानिएको छ, जुन आक्रमणमा १२९ जना मारिएका थिए।
अधिकारीहरुका अनुसार आक्रमणका पीडित सबैजनाको पहिचान खुलिसकेको छ।
परिचय
हमलाको इस्लामिक स्टेट लडाकु समूहले जिम्मेवारी दाबी गरेको छ।
प्रमुख अभियोजनकर्ता मोलान्सले सेन्ट डेनिसमा गरिएको प्रहरी कारवाहीले नयाँ आक्रमणको योजना तुहाएको बताए।
उनले भने, “अहिले न त मारिएका व्यक्तिहरुको वास्तविक संख्या भन्न सक्ने अवस्थामा म छु न त उनीहरुको परिचय खुलाउने अवस्थामा तर कम्तीमा दुईजना मारिएका छन्।”
अधिकारीहरुका अनुसार उक्त कारवाहीमा प्रहरीले ५,००० भन्दा बढी राउण्डगोली प्रहार गरेको थियो।
Previous
Next Post »