एप्पलले माफी माग्यो




एप्पलले माफी माग्यो
काठमाडौं-एप्पलले ती ६ विद्यार्थीसँग माफी मागेको छ। उनीहरुलाई एप्पलको अस्ट्रेलिया स्थित एक स्टोरबाट निकालिएको थियो। विद्यार्थीहरुले यस घटनालाई जातीवादको संज्ञा दिएका थिए।
मेलवर्नको हाइपोइन्ट सपिङ सेन्टरको घटनाका फुटेज बाहिर आए पछि सामाजिक सञ्जालमा यसको चर्को निन्दा भएको थियो।

भिडियो फुटेजमा स्टोरका एक कर्मचारीले भनेका छन् 'सुरक्षाकर्मीलाई यो डर छ कि यी बच्चाले चोरी गर्न सक्छन्।'

घटनाबारे स्टाफ म्यानेजरले निकालिएका कामदार र उनका प्रिन्सिपलसँग माफी मागेको एप्पलले बताएको छ।

भिडियो बनाउने विद्यार्थी फ्रान्सिस ओसले फेसवुकमा भनेका छन्,'यो पूर्णत जातीवादी मामला हो त्यसैले उनीहरु माफी माग्न बाध्य भए।'

अर्का युवा मोहम्मद सेमराले आफू एप्पलको जवाफले सन्तुष्ट भएको बताए। उनले भने 'उनीहरुले माफी मागिसकेका छन्। हामी मास्त मानिस हौ। यो भन्दा अघि जान जरुरी छैन।'

Previous
Next Post »