संखुवासभाः किमाथाङ्का नाका सञ्चालनका लागि पुर्वधार निर्माणमा नागरिक दबाब दिन एक टोली किमाथाङका प्रस्थान गरेको छ ।
नागरिक अगुवा जीवनाथ खनालसहितको टोली बुधबार खाँदबारीबाट किमाथाङका प्रस्थान गरेको छ ।
टोलीले नेपाल–चीनबीच व्यपारिक सम्बन्ध थप प्रगाढ बनाउन र व्यापारिक कारोबार सहज बनाउन सद्भाव विस्तार गर्ने जनाएको छ ।
पत्रकार महासंघका उपाध्यक्ष गंगा विष्ट, उद्योग वाणिज्य महासंघका लेखनाथ बुढाथोकी र अगुवा नागरिक जनक शाक्य सहितको टोली नेपालको झण्डा र व्यानर सहित किमाथाङका तर्फ लागेका हुन् ।
झण्डै छ दिनको पैदल यात्रा हिड्नु पर्ने यस नाकामा पुगेर चीनको सिमा इलाका प्रमुख जिराङ दावा छिरिङसँग भेट गरी नाका सञ्चालनमा थप पुर्वधार निर्माणका लागि प्रस्ताव समेत राख्ने टोली प्रमुख जीवनाथ खनालले बताए ।
तीन पृष्ठ लामो पुर्वधार निर्माणका बिषयहरु उल्लेख गरिएको अनुरोध पत्र, गोर्खाली खुकुरी, रुद्राक्षको माला सहित टोलीले चीन प्रशासनसँग भेट गर्ने कार्यक्रम राखेको छ ।
सीमाक्षेत्रको भौतिक पुर्वधार बिस्तार गर्न सहयोग आदानप्रदान गरी सम्बन्ध बढाउन यो टोलीसँगको भेटले सहयोग पु¥याउने लक्ष लिएको छ ।
सरकारले चीनसँगका सात नाकामध्ये किमाथाङकालाई पनि प्राथमिकता राखेसँगै जनस्तरबाट दबाब दिन टोली किमाथाङ्का लागेको सदस्य गंगा बिष्टले बताए ।
EmoticonEmoticon