लगनखेलमा बसभित्रै सामूहिक बलात्कार !


२०७२ मंसिर ४ गते ७:२९ मा प्रकाशित
४ मंसिर, ललितपुर । ललितपुरको लगनखेलमा मंगलबार बसभित्रै एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनाला पक्राउ गरेको हो ।
Balatkarइन्धनका लागि लाइनमा राखिएको बा १ ख ३८०६ नम्बरको बसमा सामूहिक बलात्कार भएको नयाँ पत्रिकामा खबर छ । प्रहरीले तीन अभियुत्तःलाई बलात्कार गर्दागदै पक्राउ गरेको जनाएको छ । एकजना फरार छन् ।
पक्राउ पर्नेमा सन्तोष विक, सुरेश तामाङ र कृष्ण तामाङ छन् । उनीहरु बसका सहचालक हुन् । युवतीसँग एक युवकको चिनजान भएकाले तिनै युवकको सहयोगमा उनीहरुले बसभित्र बोलाएका थिए । सुरुमा ती युवतीले युवसँग सहमतिमै यौनसम्बन्ध राखेकी थिइन् ।
तर, पछि युवकले साथीहरु बोलाएर आफूमाथि जबजस्ती गरेको पीडित युवतीले बताएको प्रहरीको भनाई छ । पीडित युवती विवाहित हुन् ।

Previous
Next Post »