19 Nov 2015 | 08:24am
- बिहीबार ३ मंसिर, २०७२
काठमाडौं– भारतको गरेको नाकबन्दीविरुद्ध संकलनका गरिएको एक लाख हस्ताक्षर संयुक्त राष्ट्रसंघमा बुझाइएको छ। राष्ट्रसंघको नेपालस्थित कार्यालयमार्फत हस्ताक्षर बुझाइएको हो।
नाकाबन्दीविरुद्ध राजधानीका ६ स्थानमा कात्तिक २१ गते हस्ताक्षर संकलन गरिएको थियो। 'नाकाबन्दीविरुद्ध एक लाख नागरिकको हस्ताक्षर संयुक्त राष्ट्रसंघलाई बुझाएर नेपालमाथि भएको घोर अन्यायको अन्तर्राष्ट्रियकरणमार्फत न्याय खोज्नु नै यस कार्यक्रमको प्रारम्भिक गन्तव्य थियो,' अभियानका संयोजक सन्तोषबाबु लोहनीले भनेका छन्, 'पारवहन अधिकार मात्रै होइन नागरिकको बाँच्न पाउने अधिकारको समेत हनन भएको छ।
यो वा त्यो बहानामा अत्यावश्यक वस्तु तथा इन्धन आपूर्ति रोकेर हामीलाई आतंकित बनाउने यो कदम आतंकको अर्को एउटा रूप मात्रै हो । यसको विरुद्ध आवाज उठाउनु त्यही आतंक र अन्यायको विरोध गर्नु हो ।'
यो वा त्यो बहानामा अत्यावश्यक वस्तु तथा इन्धन आपूर्ति रोकेर हामीलाई आतंकित बनाउने यो कदम आतंकको अर्को एउटा रूप मात्रै हो । यसको विरुद्ध आवाज उठाउनु त्यही आतंक र अन्यायको विरोध गर्नु हो ।'
EmoticonEmoticon