Published: November 18, 2015 | बुद्धबार 2 मंसिर, 2072 | 9:53 AM | Viewed: 6182 times
काठमाडौं, मंसिर २ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालका लागि अत्यावश्यकीय बस्तु पठाउन आफू तयार रहेको बताएकी छन् ।
बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठसँग ढाकामा मंगलबार भएको भेटमा हसिनाले खाद्यान्न, औषधी लगायतका सामाग्री नेपाल पठाउन आफू तयार रहेको बताएकी हुन् ।
भारतको
अघोषित नाकाबन्दीका कारण नेपालमा खाद्यान्न, औषधी लगायत अत्यावश्यकीय बस्तुको अभाव भइरहेकोतर्फ नेपाली राजदूत श्रेष्ठले बंगलादेशकी प्रधानमन्त्री हसिनाको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रधानमन्त्री हसिनाले बंगलादेशबाट नेपालतर्फ सामान पठाउन भारतले समेत कुनै आपत्ति नजनाएको भन्दै स्थल मार्गबाटै आवश्यक सामान पठाउन सकिने बताएको हसिनाको प्रेस सल्लाहकार इहसनुल करिमले जनाए । (एजेन्सी)
EmoticonEmoticon