मंसिर ६, २०७२- पृथ्वी राजमार्गको लेखनाथ–गगनगौंडा क्षेत्रमा आमा समूहले आज सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । बिहान करिब ९ बजेदेखि आमा समूहका सदस्यहरुले राजमार्गमा ढुंगा, काठ र ईंटाजस्ता सामाग्री थुपारेर चक्काजाम गरेका हुन् ।
यो प्रदर्शनका कारण पोखराबाट काठमाडौंलगायत देशका अन्य भागका लागि हिँडेका तथा पोखरा जान आएका सवारीसाधनहरु रोकिएका थिए । मुग्लिन क्षेत्रबाट आएका ग्यास बोकेका ट्रकहरुले गगनगौंडा क्षेत्रमा ग्यास वितरण नगरी पोखरा गएको भन्दै सडक अवरुद्ध गरिएको थियो ।
स्थानीय बुद्धिजिवी र प्रहरीको रोहबरमा भएको छलफलमा सोमबार बिहान ग्यास झार्ने सहमति भएपछि बल्ल अवरोध हटाइएको थियो ।
EmoticonEmoticon