- बुधबार २ मंसिर, २०७२
पेरिस–पेरिसको उत्तर उपनगर सेन्ट डेनिसको एक फ्ल्याटमा प्रहरीले आक्रमणकारी विरुद्ध अपरेशन जारी राखेको छ। प्रहरीको सो अपरेशनमा हालसम्म तीन जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। शुक्रबार पेरिसमा भएको चरमपन्थी आक्रमणमा सलग्न भएको अभियोयमा प्रहरीले अपरेशन जारी राखेको हो।
बीबीसीका अनुसार पेरिस आक्रमणका योजनाकार अब्देलहमिद अबाउदको फ्ल्याटमा आक्रमणकारी लुकेको सुचनाको आधारमा कारवाही गरिएको हो। प्रहरी कारवाहीमा मृत्यु भएका मध्ये एकजना महिला रहेको बताइएको छ। जसले आत्मघाती बमले आफूलाई विष्फोट गराएकी छिन्।
त्यसबाहेक पनि अन्य सातवटा विष्फोट भएका छन्। संचारमाध्यमका अनुसार अन्य तीन जनालाई पक्राउ गरिएको छ। सो कारवाहीमा चारजना प्रहरी घाइते भएका छन्। सेन्ट डेनिस आसपासका सबै सडक बन्द गरिएको छ। प्रहरीले स्थानीय समय अनुसार ११ बजेदेखि सो कारवाही गरेको हो। प्रहरीले सो क्षेत्रका बासिन्दालाई घरभित्रै बस्न आग्रह गरेको छ। फ्रान्सको राजधानी पेरिसको नेशनल स्टेडियम सोही इलाकामा छ जहाँ शुक्रबार चरमपन्थीहरुले आक्रमण गरेका थिए।
EmoticonEmoticon