फ्रान्सद्वारा सहयोग गर्न इयु सदस्यसंग आग्रह


  • 18 नोभेम्बर 2015
शेयर गर्नुहोस्
Image copyrightReuters
फ्रान्स, युरोपेली संघको ऐक्यबद्धतासम्बन्धी प्रावधानलाई व्युँताएर, इस्लामिक स्टेट उग्रवादीविरुद्धको कारबाहीमा फ्रान्सेली सैनिकलाई सहायता गर्न अन्य इयु राष्ट्रहरुलाई आग्रह गर्ने पहिलो देश बनेको छ।
इयुका विदेश मामिला प्रमुखले गत हप्ता प्यारिसमा भएका हमलाहरुलाई समग्र युरोपमाथिको हमला भनेका छन्।
युरोपेली संघ स्थापना गर्दाको सन्धीमा सम्मिलित र यसअघि कसैले कहिल्यै प्रयोग नगरेको प्रावधानलाई फ्रान्सले व्युँताएपछि युरोपेली संघका अन्य सबै सदस्यहरु आफ्नो क्षमताले भ्याएसम्म फ्रान्सलाई सहयोग गर्न बाध्य छन्।
सहायता
फ्रान्सले इयुको इतिहासमा नै सबैभन्दा पहिले लिस्बन सन्धीको धारा ४२ दशमलव ७ लाई सकृय तुल्याएको हो।
त्यसमा उल्लेख भए अनुसार यदि इयुको एउटा सदस्य राष्ट्र सशस्त्र हमलाको मारमा परेमा अन्य सदस्यहरुले सहयोग र सहायता पुर्याउनु पर्नेछ।
फ्रान्सले त्यस्तो अनुरोध गरेको केही मिनेट भित्रै युरोपेली संघका विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले इयुका सबै २८ वटा सदस्य राष्ट्रहरुले सहयोग गर्न सहमति जनाएको घोषणा गरेकी छन्।
गाह्रो
Image copyrightReuters
फ्रान्सका विदेशमन्त्रीले मध्ये अफ्रिकी गणतन्त्र र लेबनानमा सेना परिचालन गर्नुका साथै देशको राष्ट्रिय सुरक्षामा समेत ध्यान दिएर अघि बढ्न आफ्नो देशलाई गाह्रो हुने बताएका छन्।
उनले आफ्ना साझेदारहरुलाई फ्रान्स एक्लैले केहि गर्न नसक्ने बताएको जनाएका छन्।
फ्रान्सले अब आफ्ना आवश्यकताहरुका बारे अन्य इयु राष्ट्रहरुसंग दुई पक्षीय वार्ताहरु गर्ने जनाएको छ।
र ति देशहरुले आआफ्नो विदेश र प्रतिरक्षा नीति अनुसार फ्रान्सलाई गर्न सक्ने सहयोगका बारे प्रतिक्रिया जनाउने छन्।
Previous
Next Post »