- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुपमा प्रस्तुत भएर दर्शकको मन जितिरहेका हास्यव्यंग्य कलाकार मनोज गजुरेल पाँच साता लामो उत्तर अमेरिका भ्रमणमा छन् ।
उत्तर अमेरिका भ्रमणमा गजुरेलले १० स्थानमा आफ्नो प्रस्तुति दिएका छन् । यसैक्रममा उनी शनिबार अमेरिकाको ओहायो राज्य स्थित कोलम्वसमा मोदीको रुपमा प्रस्तुत भए । नेपाली र आप्रवासी भुटानी नागरिकको उल्लेख्य बसोवास रहेका कोलम्वस गजुरेलको आठौं गन्तव्य थियो ।
कोलम्वसमा राजेश हमाल, गायक जगदिश समाल र स्थानिय कलाकारको पनि सहभागिता थियो । तिहारमा दिदीसाग टिका लगाउन आएका हमाल अमेरिकामै छन् ।
गजुरेलको प्रस्तुति हेर्न भारतीय र पाकिस्तानी दर्शकको पनि उपस्थिति थियो । गजुरेलले भने,‘मेरो प्रस्तुतिलाई उनीहरुले विभिन्न समाजिक संजालमार्फत सार्वजनिक गरेका छन्, त्यसमा धेरैको सकारात्मक प्रतिक्रिया पाएको छु ।’
पाँच साताअधि संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियावाट आफ्नो प्रस्तुति थालेका उनले क्यानडाको ओट्टावामा पुगेर यसलाई टुंग्याए ।
यस बीचमा ओहायो र क्यालिफोर्निया सहित अमेरिकाको भर्जिनिया, न्यूयोर्क र टेक्सासका नेपालीबीच आफुलाई प्रस्तुत गरे । टेक्सासमा उनले दुई कार्यक्रम भ्याए । त्यस्तै क्यानडाको ओट्टावा सहित टोरन्टो क्यालिगरी र एडमन्टनका नेपालीबीच गजुरेलले प्रस्तुत दिए । क्यालिफोर्निया र न्यूयोर्कमा उनलाई नेपाली गायिका आस्था राउतले साथ दिएकी थिइन ।
EmoticonEmoticon