प्रधानमन्त्री के पी शर्मा ओलीले प्यारिसमा भएको आक्रमण प्रति कडा भत्सर्ना गर्दै अंतकवाद विरुद्धको लडाँइमा फ्रान्सलाई साथ दिने प्रतिबद्धता जनाएका छन्।
शनिबार फ्रान्सेली राष्ट्रपतिलाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उक्त आतंकवादी हमला फ्रान्सेली जनतामाथि मात्र नभइ सम्रग लोकतन्त्र, खुल्ला र समतामुलक समाजको मुल्य मान्यता प्रतिको आक्रमण भएको बताएका छन्।
प्यारिस आक्रमणमा भएको जनधनको क्षति प्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्री ओलीले हमलाकारीलाई कानुनी कठघरामा ल्याएर कार्वाही गरिने विश्वास समेत व्यक्त गरेका छन्।
यसैबिच उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले फ्रान्समा बसोबास गर्दै आएका नेपालीहरु सुरक्षित रहेको जानकारी आफूले पाएको बताएका छन्।
समाजिक संजालमार्फत प्यारिस आक्रमणको निन्दा गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले त्यहाँ स्थित नेपाली दुतावास र परराष्ट्र मन्त्रालय फ्रान्सेली अधिकारीहरुसँग सम्पर्कमा रहेको उल्लेख गरेका छन्।

EmoticonEmoticon