भक्तपुर–नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले चीनसँग हुन लागेकाे इन्धन सम्झौतामा नेपाल अायल निगमका केही कर्मचारीकाे गलत नियत देखाएकाे बताएका छन्। 'त्यस्ता कर्मचारीलाइ कारवाहीको दायरामा ल्याउनुपर्छ', उनले भने।
निगमका उच्च तहका कर्मचारीका कारण अनुदानमा दिएकाे इन्धन ल्याउन समेत ढिलाइ भइरहेकाे उनले बताए। त्यसैगरी निगिमका कर्मचारीकाे निहीत स्वार्थले गर्दा चीनसँग व्यवसायिक (बीटूबी) सम्झौता समेत हुन नसकिरहेकाे अवस्थामा एमाले सचिवले यस्ताे बताएका हुन्।
सरकारको आयु छोटो छ भन्नेले देशलाई बर्बादीतर्फ धकेलेको बताए।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले देशमा चुलिएको समस्या समाधान गर्न छाडेर सरकारको आयु नाप्नेले नै देशलाई बर्बाद बनाएको बताए। नेता ज्ञवालीले भने, 'वर्तमान सरकारले सफलतापूर्वक स्थानीय निकायको निर्वाचन, आमनिर्वाचन र संविधानको कार्यान्वयन गर्नेछ, त्यसैले अहिलेदेखि नै यो सरकार आयु कति छ भन्नेले देशलाई बर्वादीमा धकेल्न खोजेको प्रस्ट हुन्छ।'
भारतले लगाएको अघोषित नाकाबन्दीले उसको चरित्र विश्वसामु उदाङ्गिँदै गएको बताउँदै उनले द्वन्द्वका समयमा समेत रोक्न नमिल्ने अत्यावश्क वस्तुको निर्यातमा तराई आन्दोलनको बहाना बनाएर लगाइएको नाकाबन्दी अन्तर्राष्ट्रिय मान्यताविपरीत भएको जिकिर गरे।
इन्धन अभाव टार्न चीनसँग गर्न लागिएको इन्धन सम्झौतामा नेपाल आयल निगमको कमजोरी रहेको आैंल्याउँदै उनले निगमका केही कर्मचारीको खराब नियत रहेकाले समस्या रहेकाले त्यस्ता कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए। रासस इन्धन ल्याउन केही कर्मचारीले असहयोग गर्दै अाएकाे भनाइ सार्वजनिक भइरहेका बेला एमाले सचिवले यस्ताे बताएका हुन्।
सरकारको आयु छोटो छ भन्नेले देशलाई बर्बादीतर्फ धकेलेको बताए।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले देशमा चुलिएको समस्या समाधान गर्न छाडेर सरकारको आयु नाप्नेले नै देशलाई बर्बाद बनाएको बताए। नेता ज्ञवालीले भने, 'वर्तमान सरकारले सफलतापूर्वक स्थानीय निकायको निर्वाचन, आमनिर्वाचन र संविधानको कार्यान्वयन गर्नेछ, त्यसैले अहिलेदेखि नै यो सरकार आयु कति छ भन्नेले देशलाई बर्वादीमा धकेल्न खोजेको प्रस्ट हुन्छ।'
भारतले लगाएको अघोषित नाकाबन्दीले उसको चरित्र विश्वसामु उदाङ्गिँदै गएको बताउँदै उनले द्वन्द्वका समयमा समेत रोक्न नमिल्ने अत्यावश्क वस्तुको निर्यातमा तराई आन्दोलनको बहाना बनाएर लगाइएको नाकाबन्दी अन्तर्राष्ट्रिय मान्यताविपरीत भएको जिकिर गरे। रासस
Next
« Prev Post
« Prev Post
Previous
Next Post »
Next Post »
Subscribe to:
Post Comments (Atom)
EmoticonEmoticon