काठमाडौँ-गृहमन्त्री शक्तिबहादुर बस्नेतले आन्दोलनको स्वरूप परिवर्तन गरी वार्ता र सहमतिका आधारमा संसद्बाट समाधान खोज्न मधेसकेन्द्रित दलसँग आग्रह गरेका छन्।
नेपाल पत्रकार महासङ्घद्वारा आयोजित बेपत्ता पत्रकारसम्बन्धी सञ्चालन गरिएको वेबसाइटको सार्वजनिक गर्दै मन्त्री बस्नेतले बन्द, हडताल र नाकाबन्दीका कारण मुलुकले ठूलो क्षति व्यहोरिरहेको अवस्थामा आन्दोलन स्थगन वा स्वरूप परिवर्तन गरी संवादका माध्यमबाट सबै समस्याको समाधान खोज्नुपर्ने र त्यसका लागि सरकार लचिलो हुने बताए।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकल आयोगले बेपत्ता पारिएका पत्रकारको खोजी कार्यलाई तीव्रता दिएको बताए। सदस्य पाठकका अनुसार अहिलेसम्म एक हजार ८३ मानिस बेपत्ता छन् ।
पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सबैभन्दा बढी युद्धकालमा ३५ जना पत्रकारको हत्या वा शङ्कास्पद हत्या गरिएको बताए। बेपत्ता पारिएका पत्रकार मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, प्रकाशसिंह ठकुरी र मदन पौडेलको अवस्थाबारे राज्यले सार्वजनिक गर्नुपर्ने माग गरे ।
पत्रकारको भौतिक सुरक्षाको सुनिश्चिततासँगै दोषीमाथि कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ । महासङ्घले हत्या र बेपत्ता गरिएको पत्रकारको अवस्था सार्वजनिक गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरेको छ । रासस
Next
« Prev Post
« Prev Post
Previous
Next Post »
Next Post »
Subscribe to:
Post Comments (Atom)
EmoticonEmoticon