म्यानमारमा सू ची को पार्टी विजयी

म्यानमारमा सू ची को पार्टी विजयी

  • 13 नोभेम्बर 2015
शेयर गर्नुहोस्


म्यानमारमा भएको आम निर्वाचनमा आउंग सान सू ची को दल न्याशनल लिग फर डिमोक्रेसी अत्यधिक बहुमतले विजयी भएको निर्वाचन अधिकारीहरुले बताएका छन्।
हालसम्म असी प्रतिशत स्थानको मत परिणाम घोषित हुंदा आउंग सान सू ची को पार्टीले, नयां सरकार गठन गर्नुका साथै राष्ट्रपति चयन गर्न सक्ने गरी, दुई तिहाई भन्दा बढी स्थान जीतेको छ।
यो नतिजाले म्यानमारमा झण्डै पचास बर्ष लामो सैनिक नेतृत्वको सरकारको अन्त्य हुने बताइएको छ।
बहुमत
देशको संसदमा पच्चीस प्रतिशत स्थान सेनाको लागि छुट्याइएको भएतापनि आउंग सान सू चीको दलले पूर्ण बहुमत हासिल गर्न सफल भएको छ।

Image copyrightEPA

तर सेनाको भूमिका संसदमा प्रभावशाली नै रहने छ।
म्यानमारको संविधानमा रहेको प्रावधान अनुसार आउंग सान सू ची स्वयं भने देशको राष्ट्रपति बन्न पाउने छैनन्।
संविधान अनुसार कसैको छोराछोरी विदेशी नागरिकका रुपमा जन्मेका छन् भने सो व्यक्ति देशको राष्ट्रपति हुन पाउंदैन। आउंग सान सू ची का दुवै छोरा ब्रिटिश नागरिक हुन्।
नेतृत्व
तर उनले आफ्नो पार्टीको जीत भएमा देशको वास्तविक नेतृत्व आफूले नै गर्ने बताउंदै आएकी छिन्।
गत आइतबार सम्पन्न आम निर्वाचन म्यानमारमा गत २५ बर्षमा पहिलोपल्ट खुला प्रतिस्पर्धा भएको निर्वाचन थियो।

Image copyrightAP

सन् १९९० मा भएको निर्वाचनमा उनको पार्टीले हासिल गरेको जीतलाई सेनाले अवैध घोषणा गरेर उतलाई १५ बर्षसम्म घरमै नजरबन्दमा राखेको थियो।
अब म्यानमारमा आगामी जेनुअरी महिनाको अन्त्यसम्म नयां संसदको बैठक बस्ने छैन।
त्यसपछि मात्रै संसदले नयां राष्ट्रपतिको चयन गर्नेछ।
Previous
Next Post »