आइएसले युद्धको घोषणा गरेको छ: ओलाण्ड

फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलाण्डले प्यारिसमा कम्तिमा १२७ जनाको ज्यान जाने गरी भएका हमलाहरुलाई ‘इस्लामिक स्टेट आतंकवादीहरुले घोषणा गरेका युद्ध’ भनेका छन्।


उनले ति हमलाहरुको योजना र संयोजन फ्रान्सभित्रै रहेका तत्वहरुको सहयोगमा देश बाहिरबाट भएको बताएका छन्।
देशमा संकटकालको घोषणा गरिएको छ।
फ्रान्सको राजधानीको विभिन्न छ स्थानमा आक्रमण गरेका, शरिरमा विस्फोटक पदार्थ बांधेका, आठजना आत्मघाती हमलाकारीहरु मारिएका छन्।
Previous
Next Post »