नाकाबन्दीकाे विराेधमा अमेरिकाका नेपालीद्वारा प्रदर्शन


नाकाबन्दीकाे विराेधमा अमेरिकाका नेपालीद्वारा प्रदर्शन
ब्रानफोर्ड (कनेक्टिकट, अमेरिका)— अमेरिकाको कनेक्टिकटबासी नेपालीले भारतीय नाकाबन्दीको विरोधमा आइतबार सांकेतिक बिरोध प्रदर्शन गरेका छन्। स्थानीय सिटी हलअगाडि भेला भएर भारतीय नाकाबन्दीकाे विराेध गरेका हुन्।

केही हप्तादेखि भारतले अन्तराष्ट्रिय सन्धि सम्झौताबिपरित अमानवीय ढंगले भूपरिवेष्ठित सार्वभौम राष्ट्र नेपालमा औषधि, खाद्यान्न, ईन्धन लगायतका अत्यावश्यक सामग्रीको आपूर्ति राेकेकोमा नेपालीहरूले भर्त्सना गरेका छन्। नेपालीहरूले अबिलम्ब उक्त क़दम फिर्ता लिइ असल छिमेकीको परिचय दिन अाग्रह गर्दै प्रदर्शन गरेको स्थानीय टेक कुँवरले बताए।

Previous
Next Post »