नाकाबन्दीविरुद्ध फिनल्याण्डमा प्रदर्शन

नाकाबन्दीविरुद्ध फिनल्याण्डमा प्रदर्शन
काठमाडौं-भारतीय नाकाबन्दीविरुद्ध फिनल्याण्डमा बस्ने नेपालीहरुले सोमबार भारतीय दुताबास अगाडी प्रदर्शन गरेका छन्। भारतीय विदेश नीतिको बिरोध गर्दै सहभागीले प्ले-कार्ड तथा ब्यानर प्रदर्शन गरेका थिए।

नाकाबन्दी हटाई भूपरिवेष्ठित राष्ट्रको पारबहन अधिकारको सम्मान उनीहरुले आग्रह गरे। असल छिमेकीको भूमिका निभाई एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने भन्दै एनआरएन फिनल्याण्डले ज्ञापनपत्र समेत बुझाएको थियो। पत्र बुझाउने कार्यक्रमका बारेमा अग्रीम जानकारी गराएता पनि राजदुत नभएको तथा ज्ञापनपत्र बुझ्न नसक्ने भन्दै दुताबास कर्मचारीले प्रवेशद्वारबाटै रुखो ब्यबहार देखाएका थिए। पटकपटकको प्रयासपछि दुतावासकी एक कर्मचारीले ढोका नखोली गेटबाटै पत्र बुझेकी थिइन्।

एनआरएन फिनल्याण्डका उपाध्यक्ष गौतमराज मोक्तानले अहिलेको देशको परिस्थिति र भारतीय भूमिकाले पारेको असरबारे छोटकरीमा टिप्पणी राखेका थिए।

नेपालले भोगिरहेको समस्याको उचित अन्तर्राष्ट्रियकारण तथा भारतीय पक्षलाई नैतिक दबाब होस् भनेर युरोपियन युनियन, फिनिश विदेश मन्त्रालय, रेडक्रस, आदि संस्थाहरुमा पनि ज्ञापन पत्र बुझाइने एन.आर.एन फिनल्याण्डका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए।

Previous
Next Post »