सद्भाव र एकताको पर्व बन्दै छठ


18 Nov 2015 | 19:25pm

कपिलवस्तु– केही बर्षअघि सम्म पूर्वी तराईका केही जिल्लाहरुमा सीमिति छठ पर्व अहिले सद्भाव र समाबेशी पर्वका रुपमा विकसित हुँदै गएको छ। सिरहा, सप्तरी, पर्सालगायका जिल्लाहरु मनाईने गरिएको पर्व राजधानी, पहाडी जिल्लालगायतका अन्य तराईका जिल्लाहरुमा समेत धुमधामसँग मनाउन थालिएपछि धार्मिक सद्भावको पर्वका रुपमा स्थापित हुँदै आएको हो।

अराध्य देव सुर्यको आराधना र उपासना गरी मनाइने छठ पर्व आईतबारदेखि सुरु भई बुधबार सम्पन्न हुनेछ । मंगलवार परेको छठको पूजाकालागि बिशेष घर घरमा बिशेष तयारीसमेत गरिएको छ।

मुल घर पूर्वी तराईमा भई कपिलवस्तुको तौलिहवामा बस्दै आएका दुई–चार घरले मात्र मनाउने गरिएको छठ बिगत ५ वर्षयता जिल्लाका बिभिन्न जातजातिहरुले समेत मनाउन थालेका छन्। छठ पर्व मनाउनेको संख्या जिल्लामा हरेक वर्ष बृद्धि हुँदै गएको छ। कपिलवस्तु नगरपालिका– ३ की नेवार समुदायकी महाश्वेता शाक्यले ५ वर्षअघि देखि छठ पर्व मनाउँदै आएको बताइन्। माईती घर पाल्पामा छठ पर्वको बारेमा सुने पनि पर्व मनाउनेतर्फ कुनै चासो नदिएकी उनले मधेसी, पहाडीहरुसंगै एकैसाथ छठको पर्व मनाउँदा निकै रमाईलो लाग्ने गरेको बताईन्। बिभिन्न जातजातिले एकैसाथ पर्व मनाउँदा सांस्कृतिक आदानप्रदानसमेत हुने उनी बताउँछिन। छठ पर्व आफ्नो पुरै परिवार र छिमेकीहरुसित मिलेर एकैसाथ मनाउने गरेको उनले सुनाईन्। यस्तै कपिलवस्तु बिगत ३ वर्षदेखि छठ पर्व मनाउँदै आएका तौलिहवाका चिन्टु गुप्ताले छठ पर्व जिल्लामा लोकप्रिय बन्दै गएको बताए। बिशेष शुद्धासुद्धी, हर्ष– उल्लास, परिवार, मित्रहरु, आफन्तजनहरुसँग भेटघाटको अवसरका रुपमा समेत यो पर्व बन्दै गएको उनी बताउँछन्। धनी, गरीब, हिन्दू, मुस्लिम, महिला, पुरुष, पहडी, मधेसी, हिमाली सबै वर्ग समुदायले मनाउन थालेको यो पर्वले मुलुकको बर्तमान अवस्थामा सामाजिक समानता कायम गर्न मद्दत पुग्ने उनको बिश्वास छ । मधेसमा जारी आन्दोलनका क्रममा मधेसी र पहाडीबीच बढेको दूरी कम गर्नसमेत यो चाडले योगदान दिने उनले बताए। संचारकर्मी गोपाल भण्डारीले जातीय, वर्गीय, मुद्दामा बिभाजित बर्तमान समयमा यो पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुतालाई कायम गर्न यसले मद्दम मिल्ने बताउँछन् ।

पूर्वीय संस्कृतिमाथि बिस्तारै पश्चात्यको पकड बढिरहेको बेला यो पर्वको ब्रतालु र श्रद्धालु बढ्नुले पनि यो पर्वको

झन् महत्व बढदै गएको मानवअधिकारकर्मी रामदयाल ठाकुर बताउँछन् । छठ पर्व बैज्ञानिक दृष्टिले समेत महत्वपूर्ण रहेको केही चिकित्सकहरु बताउँछन्। उनीहरुका अनुसार बिशेष गरी छठमा सुर्यको उपासना गरिने र त्यही सुर्यको किरणमा भिटामिन सि पाईने भएकाले प्राणी जगतका लागि प्रत्यक्ष र अप्रत्यक्ष जीवन प्रदान गरिहेको हुन्छ । त्यसैले छठ पर्वमा गरिने सुर्यको आराधनाले छालासम्बन्धी रोग निको हुनेसमेत जनबिश्वास रहँदै आएको छ।

छठ पर्व कार्तिक शुक्ल चौथीको दिनदेखि सुरु हुने गर्दछ । पहलिो दिन बिशेष सुद्धासुद्धि अपनाईनछ । यस दिनदेखि श्रद्धालुहरुले लसुन, प्याज, मसुरोको दाल, कोदोलगायतको परिकारहरुको परित्याग गरी अरुवाको चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाएर खाने गरिन्छ । दास्रो दिन अर्थात् पंचमीलाई खरना भनिन्छ । यस दिन ब्रतानलुहरु दिनभरी उपवासबसी बेलुका चन्द्रमाको दर्शन गरी सकेपछि मोाटको नयाँ चुलो र भाँडामा सख्खर, दुध, र चामलको खीर पकाईन्छ । केराको पातमा राखेर खीर छठी मातालाई चढाईन्छ । र त्यसलाई प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ। पर्वको तेस्रो दिन अर्थात् षष्ठीलाई सझिँयाघाट भनिन्छ । पर्वको मुख्य दिनका रुपमा रहेको यस दिन बिहानै तेल र ध्यूमा चामलको ठेकुवा र कसारलगायतका परिकार पकाई पाँच थरिका मिठाई, उखु, अदुवा, नरिबल, मुला, सुथनी, सुपारी, ल्वाङ, सुकमेललगायतका सामाग्रीहरु राखिन्छ। सो सामाग्रीहरु बाँसको टोकरी, सुपोमा राखेर जल, गाईको दुधसहित छठ पर्व मनाउने घाट वा जलासयमा पुगेर पूजापाठ गरी अस्ताउँदो सुर्यलाई अध्र्य दिई घर फर्कने गर्दछन्। कतिपय ब्रतालुहरु घर नफर्की रातभरी बस्ने गर्छन्। भाकल बसेका केही व्यक्तिहरुले माटोका देबी देवताका मुर्तिहरु बनाई पूजाआजा गर्नछन्, जसलाई कोशिया भनिन्छ । कार्तिक सप्तमीका दिन उदाउँदो सुर्यलाई अध्र्य दिएपछि यो पर्व विधिवत् रुपमा सम्पन्न हुने गर्दछ ।

छठ पर्वका बिषयमा विभिन्न कथा र किंवदन्ती रहेको पाइएको छ । सत्ययुगमा सरयाती नामक राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ गरेको बताईन्छ । यस्तै महाभारतमा पाँच पाण्डवले बसेको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको थिईन् भन्ने पनि छ। त्यही बेलादेखि नै छठ पर्वको सुरुवात भएको धेरैको भनाइ छ। पिता श्रीकृष्णको श्रापबाट कुष्ठरोगले पीडीत बनेका साम्ब सुर्यको आराधनाबाट रोगमुक्त बनेपछि छठको चलन चलेको साम्बपुराणमा उल्लेख रहेको पण्डितहरु बताउँछन् ।

Previous
Next Post »