काठमाडौं– गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्वन्धी मुद्दा पाँचौ पटक सरेको छ। दसैं अघिदेखि 'हेर्दाहेर्दै' रहेको मुद्दामा सोमबार पेशीमा रहेको भएपनि कानुन व्यवसायीको वहश नसकिएपछि अर्को दिनलाई सारिएको हो।
उक्त मुद्दालाई एक सातापछिलाई 'हेर्दा हेर्दै ' राखिएको सर्वोच्चले जनाएको छ । न्यायाधीश गिरिशचन्द्र लाल र दिपकराज जोशीको इजलाशमा लगातार सुनुवाईको क्रममा रहेको उक्त मुद्दामा शुक्रवार बरिष्ठ अधिवक्ता गोविन्द शर्मा वन्दी, सपना मल्ल लगायतले वहश गरेका थिए । पक्ष र विपक्षका कानुन व्यवसायीहरुको वहश नसकिएकाले अर्को दिनलाई लगातार सुनुवाईमा राखिएको सर्वोच्चले जनाएको छ ।
असोज पाँच गते न्यायाधीश सुशीला कार्की र गोपाल पराजुलीको संयुक्त इजालाशमा रहेको उक्त मुद्दामा बहश गर्ने कानुन व्यवसायी धेरै भएपछि अर्को मितिका लागि सरिएको थियो । कार्की र पराजुली पछि गिरी र श्रेष्ठको इजलाशमा मुद्दाको पेशी परेको थियो । तर वहश नसकिएपछि पाँचौ पटक सारिएको छ ।
जिल्ला,पूनरावेदन हुदै सर्वोच्च प्रवेश भएको 'थुनछेक निवेदन ' यसगरी पछाडि धकेलिँदै आएको छ। सर्वोच्चले धेरै कानुन व्यवसायी भएका कारण अन्य मुद्दामासमेत प्रभाव पर्ने भन्दै अर्को सुनुवाई अघि वहश नोट पेश गर्न र दुवै तर्फवाट सिमित कानुन व्यवसायीले वहश गर्न आग्रह गर्दै अर्को पेशीको लागि मुद्दा सारेको थियो। तर दुवै पक्षका कानुन व्यवसायीले वहश गर्न चाहेपछि यो मुद्दाको सुनुवाई लम्बिएको हो।
पुनरावेदन अदालतले आरोपितलाई धरौटीमा छोडेपछि नन्दप्रसादका तर्फबाट उनका वारिस गंगामायाले भदौ १ गते सर्वोच्चमा निवेदन दिइकी थिइन्। कर्तव्य ज्यान मुद्दामा आरोपितहरुलाई पुर्पक्षका लागि थुनामा पठाउनु पर्नेमा जिल्ला र पुनरावेदन धरौटीमा रिहा गरेको जिकिर गर्दै सर्वोच्चमा निवेदन दिइएको हो। गंगामाया र नन्दप्रसाद दुवैको तर्फवाट दिएको जाहेरीमा रहेका विपक्षीहरुलाई तत्काल पक्राउ गरि थुनामा राखी मुद्दाको किनारा गर्न गराउन माग गरिएको छ ।
Next
« Prev Post
« Prev Post
Previous
Next Post »
Next Post »
Subscribe to:
Post Comments (Atom)
EmoticonEmoticon