पुर्ननिर्माण प्राधिकरण विधेयक पारित गराउन कांग्रेसको दबाब -

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पुर्ननिर्माण प्राधिकरण विधेयक छिटो पारित गर्न सरकारलाई दबाब दिने भएको छ। सोमबार कांग्रेस २८ सभासदले पार्टीका कार्यवहाक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालगायतका शीर्ष नेतासँग भूकम्प गएको लामोसमयसम्म पनि विधेयक पारित हुन नसकेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए। उनीहरुलले कांग्रेस नेतृत्वको सरकारले संसदमा पेश गरेको सो विधेयक एमालेकै कारणले पारित हुन नसकेको भन्दै विधेयक पारित गर्न दबाब दिने भएको हो।
12248650 10201001738081357 1390165468 n

'एमालेकै कारण संसदबाट पारित हुन नसकेको विधेयक अहिले विधायन समितिमा छ,' कांग्रेस सभासद जगदिश नरसिंह केसीले नागरिकन्युजसँग भने,'अब बस्ने समितिको बैठकले सो विधेयक पारित गरेर संसदमा पठाउन दबाब दिनुपर्छ।'
12248650 10201001738081357 1390165468 n

नेतृत्वसँग छलफल गर्दै भूकम्प प्रभावित जिल्लाका कांग्रेस सभासद
कांग्रेसले आफ्नो नेतृत्वको सरकाले पुर्णनिर्माण प्राधिकरणको सिइओमा राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष गोविन्द पोखरेललाई नियुक्त गरेको थियो। तर एमाले नेतृत्वमा सरकार गठन भएपछि प्राधिकरणको सिइओमा आफू अनुकूल व्यक्तिलाई नियुक्त गर्ने तयारीगरेपछि कांग्रेसले विरोध गर्दै आएको छ।' अघिल्लो सरकारले गरेका नियुक्ती पछिल्लो सरकारले सबै बदर गर्नु राजनीतिक संस्कार नभएको भन्दै कांग्रेसले पुरानै नियुक्तिलाई निरन्तरता दिनुपर्ने भन्दै सो विधेयक पारित गराउन सरकारलाई दबाब दिने भएको हो।

भूकम्प प्रभावित जिल्लाका कांग्रेसका सभासद र कांग्रेस नेतृत्वबीच भएको छलफलमा कांग्रेस सरकारले नियुक्ती गरेको सिइओलाई नै निरन्तरता दिन र विधेयक पारित गराउन दबाब दिन सहमति भएको सभासद केसीले जानकारी दिए। भूकम्प गएको सात महिना पुरा भइसक्दासमेत विधेयक पारित नगरी भूकम्प पीडित जनताको भविष्यमाथि सरकारले खेलवाड गरेको भन्दै अघिल्लो सरकारले गरेको नियुक्तीलाई नै निरन्तरता दिने गरी विधेयक पारित गराउन दबाब दिने नीति कांग्रेसले अख्तियार गरेको छ। हाल सो विधेयक विधायन समितिमा छ। विधायन समितिले पारित गरेर संसदमा पेश भएपछि संसदले सो विधेयक पारित गर्नुपर्ने हुन्छ। विधायन समितको बैठक मंसिर २ गते बस्दैछ।


Previous
Next Post »