प्यारिस आक्रमणमा १२८ जनाको मृत्यु

प्यारिस आक्रमणमा १२८ जनाको मृत्यु

  • 14 नोभेम्बर 2015
शेयर गर्नुहोस्
Image copyrightAFP
Image captionआक्रमणपछि सुरक्षाकर्मीले घटनास्थलबाट निकै त्रसित देखिएका मानिसहरुलाई उद्धार गरेका थिए
फ्रान्सको राजधानी प्यारिसमा भएका श्रृंखलाबद्ध गोली र विष्फोटका घटनामा कम्तीमा १२८ जना मानिसहरु मारिएको अधिकारीहरुले बताएका छन्।
प्यारिसदेखि उत्तरपूर्वमा पर्ने बेटाक्लाँ कन्सर्ट हलमा बन्दुकधारीहरुले आक्रमण गर्दा कम्तीमा ८ जना मानिसहरु मारिएका थिए।
प्रत्यक्षदर्शीहरुका अनुसार एकजना बन्दुधकारीले बन्धक बनाउनुअघि फायरिङ्ग गरेका थिए।
प्रहरीले उक्त भवनलाई घेरा हालेपछि बन्दुकधारीहरुको नियन्त्रण सकिएको थियो।

विष्फोट

प्यारिसका अन्य पाँचवटा स्थानमा बार र रेष्टुराँमा मानिसहरुमाथि आक्रमण गरिएका थिए।
आठ जना आक्रमणकारीहरु पनि मारिएको बताइएको छ।
फ्रान्स र जर्मनीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भईरहँदा राष्ट्रिय रंगशालामा थुप्रै विष्फोटहरु गराइएका थिए।
राष्ट्रपति फ्रांस्वा ओलान्दसहित ८० जना दर्शकहरुले फुटबल हेरिरहेका थिए।
प्यारिसका मेयरले मानिसहरुलाई घरभित्रै बस्न आग्रह गरेका छन्।
Image copyrightAFP
Image captionप्यारिसमा मात्रै अतिरिक्त १५ सय सेना परिचालन गरिएको अधिकारीहरुले बताएका छन्।
प्यारिसमा १५ सय सुरक्षाकर्मीहरु परिचालन गरिएको छ।

संकटकाल

प्यारिस घटनापछि फ्रान्सेली राष्ट्रपति फ्रांस्वा ओलान्दले देशमा संकटकाल लगाउने र सीमानाकाहरु बन्द गर्ने घोषणा गरेका छन्।
उनले मन्त्रिपरिषद्को आपतकालीन बैठक डाकेका थिए।
टेलिभिजनमार्फत संबोधन गर्दै ओलान्दले प्यारिस आक्रमणलाई डरलाग्दो भन्दै आक्रमणकारीविरुद्ध मुलुक दृढ र एकताबद्ध भएर उभिने बताए।
उनले भने, “दुईवटा निर्णयहरु गरिएका छन्, देशभर संकटकाल लगाइने छ र दोस्रो निर्णय सीमानाकाहरु बन्द गरिनेछ ताकि यस कुराको सुनिश्चितता गर्न सकियोस् कि हामीले आज राति देखेको जस्तो कसैले गर्न नसकोस्।”

निन्दा

Image copyrightEPA
Image captionअमेरिकी राष्ट्रपति बराक ओबामाले फ्रान्सलाई चाहिने हरेक सहयोग गर्न तयार रहेको बताएका छन्।
मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेरिरहेका ओलान्द घटना लगत्तै सरकारी कदमका लागि समन्वय गर्न आन्तरिक मामिला मन्त्रालय पुगेका थिए।
ओलान्दले आक्रमणकारीविरुद्ध निर्मतापूर्वक लडिने बताएका छन्।
प्यारिस आक्रमणको विश्व नेताहरुले निन्दा गर्ने क्रम जारी छ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले "गैरसैनिकहरुलाई आतंकित पार्न गरिने निन्दनीय कार्य" भएको प्रतिक्रिया दिएका छन्।
ब्रिटिश प्रधानमन्त्री डेविड क्यामरनले आफू स्तब्ध भएको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।
Previous
Next Post »