रसुवा केन्द्रबिन्दु भएको भूकम्पको धक्का




काठमाडौं : मंगलबार साँझ नेपालको मध्यक्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । 
 
वैशाख १२ मा गएको शक्तिशाली भूकम्पको सात महिना बितिसक्दा पनि परकम्प जाने क्रम नरोकिएको हो । 
 
मंगलबार साँझ रसुवालार्इ केन्द्रबिन्दु बनाए । ४ दशमलब ३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो । 
 
भूकम्पको धक्का रसुवा, नुवाकोट, दोलखा र काठमाडौं उपत्यका आसपासमा पनि महसुस भएको थियो । 
 
राष्ट्रिय भूकम्प मापन केन्द्रले पनि ४ दशमलव ३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको पुष्टि गरेको छ । 
- See more at: http://annapurnapost.com/News.aspx/story/21863#sthash.Y1c6UiC4.dpuf
Previous
Next Post »