काभ्रेका भूकम्पपीडितलाई सहयोग




कार्तिक ३०, २०७२- रोयल पेनगुइन बुटिक होटल र क्रु क्लोदिङ युकेले संयुक्तरुपमा काभ्रेको ढुखंर्क गाविसका भूकम्प पीडित दलितलाई जाडो छेक्ने न्यायो लत्ताकपडा वितरण गरेको छ ।

ढुखंर्कमा सोमबार आयोजित कार्यक्रममा तेक्वान्दोका ओलम्पियन दीपक विष्ट, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ दीपक थापा, ढुंखर्कका निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले झन्डै ७० घरधुरी पीडितलाई लत्ताकपडा हस्तान्तरण गरेका थिए । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्रभावित जिल्लामध्ये काभ्रे पनि एक हो । वितरण गरिएको कपडामा ज्याकेट, स्वेटर, जम्पर, बेबी ब्ल्याङकेट, तन्ना, मफलर, सल रहेका छन् ।

पीडित खिलबहादुर विकले भूकम्पले सबैलाई प्रभाव पारेको यस्तो अवस्थामा जाडोको कपडा सहयोग गरेकोमा रोयल पेनगुइन र क्रु क्लोदिङ युकेलाई धन्यवाद दिए ।

पेनगुइनका व्यवस्थापक कुचाङ लामाले भूकम्प पीडित दलितलाई सहयोग गर्ने अभियानमा साथ दिएको क्रु क्लोदिङलाई धन्यवाद दिए ।




Previous
Next Post »