छठ लगत्तै मोर्चाको आन्दोलन सुरु


1841 पटक पढिएको
फोटो :मनोहरकुमार (मोर्चाका कार्यकर्ताले भारदह–पोर्ताहास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मधेसी मोर्चाद्वारा टायर बालेर प्रदर्शन गर्दै )

राजविराज: तराईबासीको महत्वपूर्ण चाड छठको अवसर पारेर आन्दोलनका कार्यक्रम स्थगित गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले छठ सकिए लगत्तै आन्दोलन सुरु गरेको छ ।
 
छठ सम्पन्न भए लगत्तै मोर्चाका प्रदर्शनकारीहरुले भारदह, पोर्ताहास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । तीन महिनाभन्दा लामो समयदेखि जारी मधेश आन्दोलनप्रति सरकार गम्भिर नबनेको आरोप लगाउंदै आन्दोलनकारीहरुले प्रर्दशनलाई पुनःनिरन्तरता दिदै राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।
 
आन्दोलनकारीहरुले राजमार्गमा प्रदर्शन गरेपछि छठ पर्व सम्पन्न गरी घरबाट कार्यक्षेत्रतर्फ फर्कनेहरु अप्ठेरोमा परेका छन् । बन्द र नाकाबन्दीले बजारमा अत्यावश्यक उपभोग्य सामाग्रीको अभाव भएको छ ।
 
केहि व्यापारीहरु बन्दको मौका छोपेर कालोबजारी गर्दै आएपनि स्थानीय प्रशासनले अनुगमन गर्न सकेको छैन् । छठपछि आन्दोलनलाई अझ सशक्त एवम् कडा बनाइने मोर्चाका सप्तरी संयोजक सुनिल झाले बताएका छन् ।  मधेश आन्दोलनलाई राज्यपक्षले उपेक्षा गरेकाले आन्दोलन सशक्त पार्नु बाहेकको विकल्प नरहेको उनले बताए । 

Previous
Next Post »