'नयाँ आमसञ्‍चार नीति आउछ'


|२०७२ मङ्शिर ३ बिहीवार129 पटक पढिएको

काठमाडौँ: सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले नयाँ संविधान अनुकूल राष्ट्रिय आमसञ्चार नीतिको पुनरवलोकनका लागि स्वतन्त्रविज्ञ सहितको कार्यदल गठन गरिने बताएका छन्।  
 
नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री राईले विद्यमान सञ्चार नीतिलाई समयसापेक्ष बनाउन त्यस्तो कार्यदल गठनको प्रक्रिया अघि बढेको जानकारी दिए। उनका अनुसार राष्ट्रिय आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रिया पनि चाँडै सुरु हुने छ। 
 
उहाँले सञ्चार सङ्ग्रहालय बनाई नेपाली सञ्चार क्षेत्रको इतिहास र अभिलेखलाई प्रवद्र्धन गरिने बताउँदै श्रमजीवी पत्रकार न्यूनतम पारिश्रमिक समितिले गरेको सिफारिसको कार्यान्वयन र पत्रकार आचारसंहिताको कार्यान्वयनका विषयमा पनि आफूले मुलुकको आवश्यकतानुसार कार्यान्वयनका लागि पहल गरिने प्रतिवद्धता व्‍यक्त गरे।
 
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले विभिन्न १७ बुँदे ध्यानाकर्षण बुझाएका थिए।रासस 
Previous
Next Post »