बंगलादेशकी प्रधानमन्त्रीद्वारा नेपाललाई सघाउने प्रतिबद्धता |

Published: November 18, 2015  |  बुद्धबार 2 मंसिर, 2072  |  9:53 AM  |  Viewed: 6182 times

काठमाडौं, मंसिर २ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालका लागि अत्यावश्यकीय बस्तु पठाउन आफू तयार रहेको बताएकी छन् ।
बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठसँग ढाकामा मंगलबार भएको भेटमा हसिनाले खाद्यान्न, औषधी लगायतका सामाग्री नेपाल पठाउन आफू तयार रहेको बताएकी हुन् ।
भारतकोअघोषित नाकाबन्दीका कारण नेपालमा खाद्यान्न, औषधी लगायत अत्यावश्यकीय बस्तुको अभाव भइरहेकोतर्फ नेपाली राजदूत श्रेष्ठले बंगलादेशकी प्रधानमन्त्री हसिनाको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रधानमन्त्री हसिनाले बंगलादेशबाट नेपालतर्फ सामान पठाउन भारतले समेत कुनै आपत्ति नजनाएको भन्दै स्थल मार्गबाटै आवश्यक सामान पठाउन सकिने बताएको हसिनाको प्रेस सल्लाहकार इहसनुल करिमले जनाए । (एजेन्सी)

Previous
Next Post »