दसगजामा मधेसी मोर्चाको धर्ना, मालबाहक सवारी साधन ठप्प
- बुधबार २ मंसिर, २०७२
नेपालगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपालगन्जस्थित दसगजा क्षेत्रमा दिएको धर्ना दिउँसोबाट स्थगित गरेको छ। मोर्चाका कार्यकर्ताले बुधबार मध्यान्न १२ बजेबाट २ बजेसम्म नेपाल-भारत नाकामा धर्ना दिएको थियो।
मोर्चाका कार्यकर्ता दसगजाबाट हटेपछि रुपैडिहाबाट २० ट्यांकर डिजल र १ ट्यांकर पेट्रोल भित्रिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी सहायक निरिक्षक हरि गुरुङले जानकारी दिए। मोर्चाका कार्यकर्ताहरु हटेपछि अहिले नाका सहज रुपमा सुचारु भइरहेको उनले बताए। यसअघि माेर्चाका कार्यकर्ताले नेपालगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधबार नेपालगन्जस्थित नेपाल–भारत सिमाक्षेत्र दसगजामा धर्ना दिँदा अायात प्रभावित भएकाे थियाे। मोर्चाका कार्यकर्ताले धर्ना दिँदै सिमा ओहोर–दोहोर गर्ने ठूला सवारी साधनमा अवरोध पुर्याएका थिए।
उनीहरुको अवरोधका कारण मालबाहक सवारी साधनहरु रुपैडिहामा रोकिएका थिए। नेपाल प्रवेश हुन खोजेका केही सवारी साधनलाई आन्दोलनकारीले रुपैडिहातर्फ फर्काइदिएका थिए।
EmoticonEmoticon