महिला हत्याका दोषीलाई १० दिन म्याद थप

लमजुङ–रक्सी नदिएको निहु"मा छिमेकी फुपू नाता पर्ने महिलाको हत्याको आरोपमा पक्राउ परेका दोषीलाई अनुसन्धानको लागि १० दिनको म्याद थप गरिएको छ।

शनिबार खुदी ६, थाकनबेसी गाउँकी ५२ वर्षीया बुधकाशी गुरुङको हत्यामा आरोपमा पक्राउ परेका स्थानीय ३१ वर्षीय पूर्णबहादुर गुरुङलाई जिल्ला अदालतले म्याद थप गरेको हो। श्रीमान्को मृत्यु भएपछि २ वर्षदेखि बुधकाशीले गाउँमै रक्सीको व्यापार गरेर जीविकोपार्जन गर्दै आएकी थिइन्। युवक रक्सी खान ति महिलाकोमा गएकोमा भनाभन भएपछि महिलालाई फलामे कुटोले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी नायब उपरीक्षक शम्भुप्रसाद ढकालले बताए।

उनका अनुसार महिलाको टाउको, घा"टी र मुखमा हानेको देखिएको छ। घटनाका बारेमा स्थानीयले घटनाबारे खबर गरेपछि खुदी चौकीबाट सई हरि थापाको नेतृत्वमा टोली खटाएको र घटना विभत्स देखिएपछि आफैं गएको प्रहरी नायव उपरीक्षक ढकालले बताए। शवको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम् गरिएको छ।


Previous
Next Post »