पेरिस आक्रमणको वदलामा फ्रान्सद्वारा सिरियामाथि आक्रमण




पेरिस आक्रमणको वदलामा फ्रान्सद्वारा सिरियामाथि आक्रमण
पेरिस–पेरिस आक्रमण भएको तीन दिनपछि फ्रान्सले सिरियास्थित आइएसइएसको मुख्यालयमा आक्रमण सुरु गरेको छ। पेरिस आक्रमणपछि फ्रान्सले यो पहिलो जवाफी कारवाही भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
आइतबार राति फ्रान्सको लडाकु विमानले सिरियाको रक्का सहरमा २० भन्दा बढी बम खसाएको छ। रक्का सहर आइएसइएसको गढ मानिन्छ। फ्रान्सको रक्षा मन्त्रालयका अनुसार लडाकु विमानले आइएस मुख्यालय, गोला बारुद डिपो र लडाकुको क्यमम्पमा बम बर्साएको जनाएको छ। संयुक्त अबर इमिरेट् र जोर्डनमा १० वटा लडाकु विमानले आइएसको मुख्यालयमा बम वर्षाएको रक्षा मन्त्रालयले जनाएको छ। उता फ्रान्सले मुलुकभित्र पनि शंकास्पद इलामामा छापा मारेको छ। फ्रान्सको सेनाले सिरियामाथि हवाइ आक्रमण गर्ने अनुमति शनिबार नै लिएको थियो।

Previous
Next Post »