पेरिसमा प्रहरी कारबाहीमा कम्तीमा दुईको मृत्यु


  • 18 नोभेम्बर 2015
शेयर गर्नुहोस्
Image copyright
फ्रान्सको राजधानी पेरिसको उत्तरी भागमा रहेको सेन्ट डेनिस क्षेत्रमा सशस्त्र प्रहरीले एक फ्ल्याटमा कारबाही गरिरहेका छन्।
गत शुक्रबारको हमलासंग जोडीएको उक्त कारवाहीमा कम्तीमा दुईजना संदिग्धहरु मारिएको बताइएको छ। मारिएका मध्ये एक महिलाले आफ्नो पेटीमा जडीत बम पड्काई आत्मघाती विष्फोट गराएको बताइएको छ।
थुप्रै विष्फोट तथा गोलीबारीका आवाज आएका छन्।
फ्रेन्च समाचार रिपोर्टहरुका बमोजिम तीन जनालाई पक्राउ गरिएको छ।
Image copyright
Image captionशुक्रबारको हमलापश्चात पेरिसमा सशस्त्र प्रहरीले कारबाही गरिरहेको छ।
फ्रान्सका प्रहरी तथा सेनाले १२९ जनाको ज्यान जाने गरी गत साता भएका आक्रमणका संदिग्ध योजनाकारलाई समाउन पेरिसमा कारवाही गरिरहेका छन्।
कारवाहीको मुख्य निशाना ठानिएका मोरोक्को मूलका बेल्जियन नागरिक अब्देलहामीद अबाउद शुरुमा सिरियामा रहेको बताइएको थियो।
उनी सोही फ्ल्याटमा लुकेको आशंकामा प्रहरीले कारबाही गरेको बताइएको छ।
Previous
Next Post »