महोत्तरीमा तीनवटा मोटरसाइकलमा आगजनी

महोत्तरीमा तीनवटा मोटरसाइकलमा आगजनी

  • बुधबार २ मंसिर, २०७२

महोत्तरी-पेट्रोलियम पदार्थ तस्करी गरेको भन्दै संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीमा तीनवटा भारतीय नम्बरका मोटरसाइकलमा आगजनी गरेका छन्।

गए राति गैँडाभेटपुरमा मोर्चाका कार्यकर्ताले ती मोटरसाइकल नियन्त्रणमा लिएर आगजनी गरेका हुन्। गाउँबाट टाढा एकान्त ठाउँमा तीन मोटरसाइकल जलेको अवस्थामा फेला परे पनि मोटरसाइकल धनी र मोटरसाइकल नम्बर भने नखुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

प्रहरी उपरीक्षक भट्टराईका अनुसार प्रत्यक्षदर्शीले मोटरसाइकलमा आगजनी भएको जानकारी दिएपछि प्रहरी राति नै घटनास्थलमा पुगेको थियो । तर रातिको समय भएकाले कसैलाई पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सीमावर्ती भारतीय बजारबाट पेट्रोलियम पदार्थ लिएर आउँदै गर्दा मोटरसाइकलमा आगजनी भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस
- See more at: http://nagariknews.com/society/story/48806.html#sthash.XSKNI648.dpuf
Previous
Next Post »