पार्टीको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले भारतीय नाकाबन्दीका कारण इन्धनको अभाव, महंगी, कालोबजारीलायतका समस्या उत्पन्न भएको तथा राष्ट्रियता, जनतन्त्र तथा जनजीविकासम्बन्धी समस्या उत्पन्न भएको भन्दै त्यस विरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो।
(क्रान्तिकारी माओवादी) ले नाकाबन्दीको विरुद्ध देशव्यापी प्रचार प्रसार गर्ने, भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने, प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने र सिंहदरबार अगाडि धर्ना लिनेलगायतका कार्यक्रम गर्ने जनाएको छ। यसैगरी मुलुकका विभिन्न भागमा विरोध प्रदर्शन गर्ने बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ। बैठकले देशको गम्भीर स्थितिमा देशभक्त, जनवादी र वामपन्थी शक्तिसँग संयुक्त सङ्घर्षका लागि आह्वान गर्ने निर्णय भएको उल्लेख छ।
EmoticonEmoticon