इन्धन र अत्यावश्यक सामग्री अभावप्रति जापानको चासो


  • बुधबार २ मंसिर, २०७२
  • काठमाडौं—जापानले इन्धनलगायत अत्यावश्यक सामग्रीको अभावले नेपालीको दैनिक जीवनमा प्रतिकूल प्रभाव परेकोमा गम्भीर चिन्ता र चासो व्यक्त गरेको छ।
उक्त मुलुकले इन्धन अभावका कारण भूकम्प प्रभावितलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय एवम् स्थानीय गैरसरकारी संस्थाले प्रभावकारी रुपमा मानवीय गतिविधि सञ्चालन गर्न नसकेका पनि बताएको छ।

काठमाड स्थित जापानी राजदूतावासले एक विज्ञप्ति जारी गरी पारस्परिक सहयोग र समझदारीमा शान्तिपूर्ण ढङ्गले अहिलेको कठिन अवस्थाको अन्त्य गर्न सम्बद्ध सबै पक्षलाई सुझाएको छ।

'भूकम्पपछिको उत्तम पुनर्निर्माणको नेपालको प्रयासमा जापानले सक्रिय रुपमा निरन्तर सहयोग गर्नेछ', विज्ञप्तिमा भनिएको छ । रासस

Previous
Next Post »