- 19 नोभेम्बर 2015
फ्रान्सको राजधानी पेरिसको उत्तरी भागमा रहेको सेन्ट डेनिस क्षेत्रमा सशस्त्र प्रहरीले गरेको कारबाहीका क्रममा एक महिलाले आफ्नै शरीरमा जडीत बम पड्काई आत्मघाती विष्फोट गराएकी छन्।
गत शुक्रबारको हमलासंग जोडीएको उक्त घटनामा प्रहरीले एक फ्ल्याटमा कारबाही गरेको थियो।
अपुष्ट समाचारहरुका अनुसार अर्का एक जना संदिग्ध समेत मारिएका छन्।
थुप्रै विष्फोट तथा गोलीबारीका आवाज आएका थिए।
सात जनालाई पक्राउ गरिएको विवरण प्राप्त भएका छन्।
फ्रान्सका प्रहरी तथा सेनाले १२९ जनाको ज्यान जाने गरी गत साता भएका आक्रमणका संदिग्ध योजनाकारलाई समाउन पेरिसमा कारवाही गरे।
उनीहरुले सेन्ट डेनिस नगर क्षेत्रलाई घेरामा राखेका छन्। त्यहाँ जाने सडकहरु बन्द गरिएका छन्।
कारवाहीमा थुप्रै प्रहरी घाईते भएको बताइन्छ।
कारवाहीको मुख्य निशाना ठानिएका मोरोक्को मूलका बेल्जियन नागरिक अब्देलहामीद अबाउद शुरुमा सिरियामा रहेको बताइएको थियो।
उनी सोही फ्ल्याटमा लुकेको आशंकामा प्रहरीले कारबाही गरेको बताइएको छ।
तर उनी अझै वेपत्ता हो की होइन भन्ने स्पष्ट भइसकेको छैन।
EmoticonEmoticon