पेरिस उडेको अमेरिकी विमानमा बम

एजेन्सी|२०७२ मङ्शिर ३ बिहीवार15829 पटक पढिएको
फोटो :फाइल फोटो
लसएन्जेल्स: दुई अमेरिकी विमानमा बम राखिएको हल्लापछि आकस्मिक अवतरण गरिएको छ।ती दुवै विमान पेरिसका लागि उडेका थिए। 
 
उडिसकेपछि ती विमानमा बम राखिएको हल्लापछि आपत्कालीन अवतरण गरिएको छ। विमान उडेपछि ती विमानमा बम राखिएको हल्ला आएको थियो।
 
हल्लापछि एउटा बिमान अमेरिकामै र अर्को विमान क्यानाडामा अवतरण गराइएको थियो। ती विमान अमेरिकी सहर लसएन्जेल्स र वासिङटनबाट उडेका थिए। 
 
बिमानमा बम राखिएको फोन अज्ञात व्यक्तिबाट आएपछि विमान आकस्मिक अवतरण गराइएको बताइएको छ। फ्रान्सको पेरिसमा गत शुक्रबार राति भएको आतंकवादी हमलापछि १३२ जनाको ज्यान गएपछि पेरिसकै लागि उडेका ती बिमानमा बम राखिएको हल्ला फिँजाइएको छ।
 
विमान सेवाहरूले दुर्वै विमान सकुसल अवतरण गराइएको र त्यहाँ बम रहे नरहेको भन्ने बारेमा थप चेकजाँच जारी रहेको अधिकारीले जनाएका छन् । स्थानीय अधिकारीले बिमानमा रहेका यात्रुका लगेजका साथै सबैतिर सुरक्षा जाँच थालेका छन्। 
 
ती बिमानमा बम राखिएको भनी गरिएको हल्ला एकै व्यक्तिले गरेको हो वा फरक फरक व्यक्ति हो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको उड्डयन अधिकारीले जानकारी दिएका छन्। यसै महिनाको सुरुतिर एक रसियाली विमान इजिप्टमा दुर्घटनाग्रस्त भएको थियो  
 
दुर्घटनामा परी २ सय २४ जनाको ज्यान गएको थियो। उक्त बिमानमा बम राखिएको रहस्य खुलेको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त बिमानमा बम राखिएको बताएका हुन्। रासस/एएफपी
Previous
Next Post »