18 Nov 2015 | 19:20pm
स्मार्ड कार्डकाे सांकेतिक तस्विरस्मार्ड कार्डकाे सांकेतिक तस्विर
एउटा गाडीमा मात्रै सञ्चालनमा ल्याइएको यो सेवा लिँदा यात्रुले पैसा बोेक्नु पर्दैन। साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेका अनुसार लगनखेलदेखि त्रिपुरेश्वर, महाराजगन्ज हुँदै नयाँ बसपार्क चल्ने बा १ ख २२१७ नम्बरको बसमा यो परीक्षण हुनेछ।
कार्ड परीक्षणको उद्घाटन साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, नेपाल बैंकका सीइओ देवेन्द्रप्रताप शाह र भारतीय नुस्पेका सीइओ हर्मित सिंह सेठीले गरेका थिए। परीक्षणमा साझा यातायातका कर्मचारी र नेपाल बैंक लिमिटेडका कर्मचारीका लागि लागू हुने पाण्डेले जानकारी दिए।
नेपाल बैंकको सहकार्यमा यो कार्डको थालनी गरिएको उनले जनाए। यात्रुले ५० रुपैयाँ ब्यालेन्ससहित २ सय रुपैयाँमा कार्ड किन्न पाउनेछन्। एक महिनापछि साझाका १६ वटै बसहरुमा यो प्रविधि प्रयोग गरिने पाण्डे बताए। यात्रुले कुनै बैंकिङ खाता नखोली यो कार्ड पाउने साझाले जनाएको छ।
EmoticonEmoticon